ॐ श्री साई राम 🙏
श्री सत्य साई प्रेम प्रवाहिनी रथ नेपालका लागि प्रशान्तिबाट प्रस्थान भइसकेको छ! प्रेमको प्रवाह, एकताको सन्देश र सेवाको प्रेरणा बोकेर…
भगवान् श्री सत्य साई बाबाको जन्मशताब्दी वर्षको पावन अवसरमा प्रेम, शान्ति, एकता र निःस्वार्थ सेवाको दिव्य सन्देश प्रवाह गर्ने यो रथ २०८३ मङ्सिर ९ गते पवित्र प्रशान्ति निलयम्बाट नेपालका लागि प्रस्थान भइसकेको छ।
२०८३ मङ्सिर २० गते (६ डिसेम्बर २०२६) आइतबार रथको नेपाल प्रवेश सुनौलीबाट हुँदै छ। नेपालका विभिन्न स्थानमा ४० दिनसम्म सञ्चालन हुने यस दिव्य रथयात्राको भव्य स्वागतका लागि हामी सबै तयार रहौँ।
रथको स्वागत गरौँ, प्रेमको सन्देश फैलाऔँ! जय साई राम!